Monday, January 28, 2008

साहित्य खोज्दै केएलसीसी - [2007-05-05]


देवेन्द्र सुर्केली/क्वालालम्पूर
मलेसिया क्लालालम्पूर/प्रवासी नेपाली साहित्यिक मञ्च मलेसियाको आफ्नो नियमित कार्यक्रम अर्न्तगत साहित्य यात्राको पहिलो श्रृङ्खला \'साहित्य खोज्दै केएलसीसी\' केएलसीसीको ट्वीन टावरमा श्रमिक दिवसको दिन सम्पन्न भएको छ । टंक चन्दको संयोजकत्वमा भएको उक्त कार्यक्रम पूण्ा साम्पाङ, लालबहादुर छन्त्याल, दिलदुःखी जन्तरे, रिजन निन्द्रा देवता, दिव्य चुर्राई भाई र देवेन्द्र सर्ुर्केलीले भाग लिएका थिए । कार्यक्रमको शोभा बढाउन नेपाल सन्देश साप्ताहिकका सम्पादक/प्रकाशक विचारी चाम्लिङ पनि विचमा सहभागी हुन आइपुग्नु भएको थियो । सहभागीहरुले ट्वीनटावरलाई नजिकबाट नियाली साहित्य फुराएका थिए । त्यस रचनालाई वाचन गरेर आवश्यक टिकाटिप्पणी सहाभागीहरुबाटै भएको थियो । यस्तै अवसर पारेर मलेसियाका विभिन्न क्षेत्रको भ्रमण गरी अध्ययन, अवलोकन गर्ने कार्यक्रम तय भएको र केएलसीसीमा खोजिएका साहित्यलाई चाडै नै सानो पुस्तिकाको रुपमा प्रकाशित गर्ने वचनवद्धता संयोजक टंक चन्दले दिएपछि कार्यक्रम समापन भएको थियो ।

No comments: