Monday, January 28, 2008

मलेसियामा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको गठन - [2007-05-21]


बिगत एक बर्षअगाडिबाट नेपाली भाषा र साहित्यको उत्थानमा सक्रिय रहदै आएको प्रवासी नेपाली साहित्यिक मञ्च मलेसियाको यही मे २० तारिक क्वालालम्पुरमा सम्पन्न एक भेलाले अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको अन्तराष्ट्रि नेपाली साहित्य समाजसँग आबद्घता जनाउने निर्ण्र्ाागरेको छ । अन्तराष्ट्रिय क्षेत्रमा नेपाली भाषा र साहित्य प्रेमीहरु बीच सर्म्पर्कको पुल बनी भाषा साहित्यको प्रचार, उत्थान एवं संबर्द्घन गर्ने उद्देश्य बोकेर अन्तराष्ट्रीय जगतमा एकै नामबाट सञ्जाल बिस्तार गर्दै आइरहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाजको अबधारणा अनुरुप प्रवासी नेपाली साहित्यिक मञ्च मलेसियाको नाम परिर्वतन भै अन्तराष्ट्रिय नेपाली साहित्य समाज मलेसिया हुनपुगेको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बिश्वका करिब १९ टा राष्ट्रमा स्थापना भै सकेको छ । सोही भेलाले पुरानो बिधानलाई आवश्यक मात्रमा संशोधन गर्दै कार्यसमितिमा थपघट समेत गरेको छ । नव गठित कार्यसमितिको अध्यक्षमा जीवन देवान गाँउले उपाध्क्षमा टंक चन्द, सचिबमार् इन्द्र नारथुङ्गे, सहसचिबमा रिजन निन्द्र देवता र कोषाध्यक्षमा देवेन्द्र सुर्केली रहनु भएको छ भने समितिका सदस्यहरुमा सञ्जय र्राई छुच्चा, पुष्पा र्राई \"सवाल\", राजरोबोर्ट अजनबी शुब्बा, सागर बिरही, दिब्य चुरा भाइ, राजु क्षेत्रीर्,र् इन्द्र जिजीबिषा, दिपक मैनाली पत्थर दिलदुखी जन्तरे र पुण्ा साम्पाङ् चयन हुनु भएको छ । भेलाले पुरानो सल्लाहकार समिति मध्येका मनि र्राई \"गोठाले\", गणेश खड्का \"प्रतिक्षा\", दिलिप र्राई \"सगर\", बियोगी काइँला र चन्द्र ढकाल \"झापाली\"लाई अनेसास मलेसियाको बर्तमान सल्लाहकारमा यथावत राख्ने निर्ण्र्ाागरेको छ । भेलाले नाम परिर्वतन गरेपनि पुरानो कार्यक्रमहरुलाई निरन्तरता दिदै थप कार्यक्रमहरु सम्पन्न गर्ने निर्ण्र्ाासमेत गरेको छ । जस अर्न्तगत नेपाली भाषाका आदिकवि स्व. भानु जयन्तीको अवसरमा आउँदो जुलाई १३ तारीकको दिन \"परिवर्तनको लागि साहित्य\" शिर्षमा बिचार अर्न्तक्रिया कार्यक्रम गर्ने, साहित्य लेखनका साथै प्रचार प्रशारमा टेवा पुर्‍याउने उद्देश्यले आउँदो जुलाई २१,२२ र २३ तारीक मलेसियाको जोहोर क्षेत्रलाई केन्द्र बिन्दु बनाएर \"साहित्यको लागि यात्रा कार्यक्रम\" सञ्चालन गर्ने, नेपाली साहित्यका महाकवि स्व. लक्ष्मीप्रशाद देवकोटाको जन्म जयन्तीको अवसरमा मलेसिया स्तरिय \"बृहद कबिता प्रतियोगिता\" कार्यक्रम गर्ने, यसै बर्षभित्र मलेसियामा नेपाल्ी पुस्तकालयको स्थापना गर्ने, आउँदो अगस्त भित्र \"विम्ब संयुक्त गजल संग्रह\" प्रकाशन गरिसक्ने र जनवरी भित्र \"विम्ब साहित्यिक संगालो प्रकाशन\" गरिसक्ने निर्ण्र्ाागरेको छ । यसैगरि मलेसियामा रहेर नेपाली भाषासाहित्यको लेखन तथा संरक्षणमा महत्वपूण्ा भुमिका निर्वाह गर्ने र्सजकहरु मध्येबाट प्रत्येक बर्षएक जनालाई पुरस्कार तथा सम्मान गर्न अक्षकोष लगाएत अन्य बिषयमा अध्ययन गर्न जीवन देवान गाँउलेको संयोजकत्वमा दिलिप र्राई \"सगर\" र राजरोबर्ट अजनबी शुब्बा सदस्य रहेको एक उपसमिति र मलेसियाबाट अनलाईन साहित्य पत्रिका सञ्चालन सम्बन्धी अध्ययन गर्न देवेन्द्र सर्ुर्केलीको संयोजकत्वमा दिपक मैनाली पत्थर र दिब्य चुरा भाइ सदस्य रहेको अर्को उपसमिति समेत गठन गरिएको छ । सोही भेलाले मलेसियाको बिभिन्न राज्य वा क्षेत्रमा एकाई वा उपसमिति गठन गर्न हाल क्रियाशिल साहित्यिक संगठनहरुसँग छलफल गर्ने निर्ण्र्ााा साथै बिश्वका बिभिन्न राष्ट्रमा गठन भएको साहित्यिक संगठनहरुसँग सम्बन्ध बिस्तार गर्दै लाने निर्ण्र्ाासमेत गरेको छ । इन्द्र नारथुङ्गे

साहित्य खोज्दै केएलसीसी - [2007-05-05]


देवेन्द्र सुर्केली/क्वालालम्पूर
मलेसिया क्लालालम्पूर/प्रवासी नेपाली साहित्यिक मञ्च मलेसियाको आफ्नो नियमित कार्यक्रम अर्न्तगत साहित्य यात्राको पहिलो श्रृङ्खला \'साहित्य खोज्दै केएलसीसी\' केएलसीसीको ट्वीन टावरमा श्रमिक दिवसको दिन सम्पन्न भएको छ । टंक चन्दको संयोजकत्वमा भएको उक्त कार्यक्रम पूण्ा साम्पाङ, लालबहादुर छन्त्याल, दिलदुःखी जन्तरे, रिजन निन्द्रा देवता, दिव्य चुर्राई भाई र देवेन्द्र सर्ुर्केलीले भाग लिएका थिए । कार्यक्रमको शोभा बढाउन नेपाल सन्देश साप्ताहिकका सम्पादक/प्रकाशक विचारी चाम्लिङ पनि विचमा सहभागी हुन आइपुग्नु भएको थियो । सहभागीहरुले ट्वीनटावरलाई नजिकबाट नियाली साहित्य फुराएका थिए । त्यस रचनालाई वाचन गरेर आवश्यक टिकाटिप्पणी सहाभागीहरुबाटै भएको थियो । यस्तै अवसर पारेर मलेसियाका विभिन्न क्षेत्रको भ्रमण गरी अध्ययन, अवलोकन गर्ने कार्यक्रम तय भएको र केएलसीसीमा खोजिएका साहित्यलाई चाडै नै सानो पुस्तिकाको रुपमा प्रकाशित गर्ने वचनवद्धता संयोजक टंक चन्दले दिएपछि कार्यक्रम समापन भएको थियो ।